बुटवल । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।
सोमबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई थुनामा पठाउने आदेश दिएको हो । यसअघि उनी काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा ५० लाख र पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा ८८ लाख धरौटीमा रिहा भएका थिए ।
बुटवलमा पनि सुप्रिम सहकारी ठगीको अभियोग दर्ता भएपछि आफैँ अदालतमा उपस्थित भएका जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।
उनीविरुद्ध चितवनको सहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भइसकेको छ । यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रवि लामिछाने भने एक करोड धरौटी बुझाएर रिहा भएका थिए।