काठमाडौंको कुमारीगालमा एक युवकको हत्या

काठमाडौं । काठमाडौंमा एक युवकको हत्या भएको छ । काठमाडौंको कुमारीगालमा गएराति एक युवकको हत्या भएको हो ।

दुई पक्षबीच झडप हुँदा एक युवकमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट काभ्रेका २२ वर्षीय अमृत कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न तीन जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *