काठमाडौं । चीनको नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र नेपालस्थित चिनियाँ दूतावासको सहकार्यमा यही फागुन ३ गते (शनिवार) युवा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली युवा टोली र चीनको युनान प्रान्तको युवा फुटबल टोलीले सहभागीता जनाउने उक्त खेलको बारेमा आज एक पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका प्रमुख प्रशिक्षक राजेश शाहीको नेतृत्वमा ४५ सदस्यीय खेलाडीहरू हाल बन्द प्रशिक्षणमा रहेको एन्फाले जनाएको छ ।
