सप्तरीमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ

राजविराज । कर्तव्य ज्यान मुद्दामा एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई सप्तरी प्रहरीले २० वर्षपछि पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिकाका उमेश रजक छन् ।

उनी २०६१ माघ १ गते गणेशी रजकको कुटपिट गरी हत्यापछि फरार भएका थिए । उनलाई माघ २२ गते पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *