काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत जारी खेलमा थाइल्याण्डविरुद्ध नेपाललाई मध्यम विजयी लक्ष्य पाएको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा थाइल्याण्डले नेपाललाई १ सय ७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो ।
जवाफी ब्याटिङ गरिरहेको नेपालले ताजा अवस्थामा दुई ओभरको क्षतिमा एक विकेटको क्षतिमा ५ रन जोडेको छ ।