त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र थाइल्याण्ड भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज हुने खेलमा नेपाल र थाइल्याण्ड भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १२:१५ बजे शुरु हुनेछ ।

नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । यसअघि सिरिजको तीन खेलमा हार बेहोरेको नेपाल आज थाइल्याण्ड माथि पहिलो जित निकालने लक्ष्यसाथ मैदान उत्रिनेछ ।

सिरिजको पहिलो खेलमा नेदरल्याण्डसँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग ४ विकेट र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको थियो ।

हाल तीन खेलबाट अंकविहीन नेपाल तालिकाको पुछारमा छ भने समान खेलबाट ६ अंक जोडेको थाइल्याण्ड शीर्ष स्थान र एक खेल बढि खेलेको नेदरल्यान्ड्स ४ अंकको साथ दोस्रो स्थानमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *