काठमाडौं । नेपाली महिला यू-१९ क्रिकेट टिमकी कप्तान पुजा महतो आईसीसी यु-१९ महिला विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा परेकी छन् । आईसीसीले सोमबार सार्वजनिक गरेको १२ सदस्यीय टोलीमा पुजाले स्थान पाएकी हुन् ।
विश्वकपमा नेपालको लागि उत्कृष्ट प्रदर्शन गरेकी महतोले कुल ७० रन बनाउँदै ९ विकेट लिएकी थिइन् ।
विश्वकपमा नेपालले समुह चरणका सबै खेलमा हार बेहोरेर बाहिरिएको भएपनि प्लेअफ खेलमा आयोजक मलेसियालाई पराजित गरेको थियो ।
आईसीसीको टिम अफ द टुर्नामेन्टमा विश्वकप विजेता देश भारतका चार खेलाडी रहेका छन् भने उपविजेता बनेको दक्षिण अफ्रिकाका तीन, इङल्याण्डका २ तथा श्रीलंका र अस्ट्रेलियाका एक एक खेलाडी रहेका छन् ।