रोनाल्डोको दुई गोलमा अल नासर विजयी

एजेन्सी । भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा अल नासरले एएफसी च्याम्पियन्स लिगमा सहज जित हात पारेको छ । सोमबार राति भएको खेलमा अल नासरले अल- वासललाई ४-० गोलले हराएको हो ।

अल अवाल पार्कमा भएको खेलमा अल नासरलाई जित दिलाउन रोनाल्डोले दुई गोल गर्दा अल हसन र अल फटिलले समान एक/एक गोल थपे । अल नासरले दुवै हाफमा दुई/दुई गोल गरेको हो ।

जितसँगै अल नासर ७ खेलबाट १६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट ११ अंक जोडेको अल वासल पाचौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *