पाथीभरा केबलकारसम्बन्धी आन्दोलन वार्तामार्फत् समाधान खोज्न जसपा नेपालको आग्रह

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारको विषयलाई लिएर हाल भइरहेको आन्दोलन वार्तामार्फत् समाधान खोज्न आग्रह गरेको छ ।

तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले वार्ताबाट समाधान खोज्न आग्रह गरेको हो ।

साथै बैठकले घाइतेको उपचार र गिरफ्तार गरिएका आन्दोलनकारीलाई अविलम्ब रिहाई गर्न सरकारसँग माग गरेको छ ।

किराँत–लिम्बुवानको सांस्कृतिक एवं धार्मिक आस्थाको केन्द्र पाथिभारा (मुकुम्लुङ्ग) को प्राकृतिक संरचनालाई यथावत राख्न भइरहेको आन्दोलनमाथि दमन नगर्न पनि जसपाले सरकारको ध्यानाकर्षण गराएको छ ।

यसैगरी अध्यादेशको विषयमा मङ्गलबार सिंहदरबारमा बस्ने जसपा नेपाल संसदीय दलको बैठकले आवश्यक निर्णय लिने बताइएको छ ।

बैठकले तीन प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । लुम्बिनी प्रदेशको इन्चार्जमा पार्टी महासचिव रामकुमार शर्मा, कर्णाली प्रदेशको इन्चार्ज वीरबहादुर नेपाली र सुदूरपश्चिम प्रदेशको इन्चार्ज प्रेमचन्द्र झालाई तोकिएको छ ।

बैठकले आगामी बैशाखभित्र प्रदेश, जिल्ला र पालिकाको अधिवेशन सम्पन्न गर्न मातहतका संगठनहरूलाई निर्देशनसमेत दिएको जसपाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *