प्रिमियर लिगमा आर्सनलसँग सिटीको लज्जास्पद हार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लज्जास्पद हार बेहोरेको छ । आइतबार राति भएको खेलमा सिटीले आर्सनलसँग ५-१ गोलको फराकिलो हार बेहोरेको हो ।

इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्ड, थोमस पार्टी, म्येलेस लुइस स्केली, काई हाभेरट्स र इथान न्वानेरीले समाने एक/एक गोल गरे । सिटीको लागि इर्लिंग हालान्डले सान्तवना गोल गरे । खेलको दोस्रो मिनेटमै ओडेगार्डले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

५५ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए । ५६ औं मिनेटमा पार्टीले गोल गर्दै आर्सनललाई फेरी २-१ गोलको अग्रता दिलाए । ६२ औं मिनेटमा लुइस-स्केलीले  गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । ७६ औं मिनेटमा हाभेरट्सले गोल गर्दा आर्सनल सहज जिततर्फ अगाडि बढेको थियो ।

यस्तै दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा इथानले गोल गर्दै आर्सनललाई ५-१ गोलको फराकिलो जित दिलाएका हुन् । जितसँगै आर्सनल २४ खेलबाट ५० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट ४१ अंक जोडेको सिटी चौथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *