रश्मी र अनिताको गोलमा एपीएफ विजयी

काठमाडौं । एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत भएको विभागीय डर्बीमा नेपाल एपीएफ क्लबले सहज जित निकालेको छ । सोमबार दिउँसो भएको खेलमा नेपाल पुलिस क्लबलाई २-० गोलले हराउँदै एपीएफले लिगमा लगातार सातौँ जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफलाई जित दिलाउन रश्मी कुमारी घिसिङ र अनिता केसीले समान एक/एक गोल गरिन् । खेलको १७ औं मिनेटमा रश्मीले गोल गर्दै एपीएफलाई शुरुवाती अग्रता दिलाएकी थिइन् ।

६४ औं मिनेटमा सविता रानाको क्रसमा गोल गर्दै एपीएफलाई २-० गोलको जित दिलाएकी हुन् ।

जितसँगै एपीएफ ७ खेलबाट २१ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । एक खेल बढी खेलेको पुलिस ११ अंकको साथ् तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *