अब खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि आफ्ना कार्यकर्तालाई दिने अध्यादेश पास भएछः मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी अध्यादेश जारी गरेकोप्रति अलोचना गरेका छन् ।

राष्ट्रपतिबाट बुधबार अध्यादेश जारी भएपछि सामाजिक संजालमार्फत मेयर साहलेअब खोला नदी मात्र नभइ खुलामञ्च र टुँडिखेल समेत कार्यकर्तालाई बाँड्न लागिएको भन्दै सत्तारूढ दलप्रति कटाक्ष गरेका हुन् ।

उनले भनेका छन्,‘अब खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार अध्यादेश जारी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *