काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लिएर पर्वतका लागि उडेको हेलिकोप्टर गोरखामा ‘फोर्स ल्याण्ड’ गरिएको छ ।
पर्वतमा पार्टीको कार्यक्रमका लागि कांग्रेस नेता गोपालमान श्रेष्ठसहित देउवालाई लिएर उडेको कैलाश एयरको हेलिकोप्टर मौसमको खराबीका कारण गोरखाको पालुङटार नगरपालिकास्थित आँपपिपलमा आकस्मिक अवतरण गरेको हो । मौसम खराबीका कारण अवतरण भएको हेलिकप्टर १० मिनेटपछि पुनः पर्वतकै लागि उडेको प्रहरीले जनाएको छ ।
