सप्तरीमा साँढेको आक्रमणबाट एक वृद्धाको मृत्यु

राजविराज । सप्तारीको छिन्नमस्ता गाउँपालिकामा साँढेको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरकी ८० वर्षीया दुर्गीदेवी साह रहेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सोमबार राति ९ बजे आफ्नै घर अगाडि बाटामा हिँडिरहेका अवस्थामा सार्वजनिक रुपमा छाडिएको साँढेले पछाडिबाट आक्रमण गर्दा गम्भीर घाइते भएकी साहलाई उपचारका लागि जिल्ला सदरमुकाम राजविराजतर्फ ल्याउने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *