काठमाडौं । नेपाललाई हराउँदै बङ्गलादेश यु १९ एशिया कप क्रिकेटको फाइनलमा पुगेको छ । शुक्रबार भएको ‘सुपर–फोर’ को खेलमा बङ्गलादेशले नेपाललाई ९ विकेटले हराएको हो ।
नेपालले दिएको ५५ रनको मध्यम लक्ष्य बङ्गलादेशले ९ ओभर ५ बलमा १ विकेट गुमाएर भेटायो । बङ्गलादेशकी फहोमिदा चोयाले नटआउट २६ रन बनाइन् । नेपालकी कुसुम गोदारले १ विकेट लिइन् ।
यसअघि मलेसियाको क्वालालम्पुरमा रहेको बायोमास ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनायो । वर्षाले खेल प्रभावित भएपछि खेल ११ ओभरमा झारिएको थियो । बङ्गलादेश ‘सुपर–फोर’ मा दोस्रो स्थानमा रहेर फाइलनमा पुगेको हो । अब बङ्गलादेशले उपाधिका लागि फाइनलमा भारतसँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।