काठमाडौँ । काठमाडौं गुर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिएको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा १३ ओभरमा पुगेसँगै काठमाडौँ औपचारिकरुपमा प्रतियोगिताबाट बाहिरिएको हो ।
सुदूरले १३ ओभरमा तीन विकेट गुमाएर ७७ रन बनाएको छ । काठमाडौँले प्लेअफमा स्थान बनाउन सुदूरले कर्णालीलाई १२.२ ओभर भित्र पराजित गर्नुपर्ने थियो ।
योसँगै जारी प्रतियोगितामा प्लेअफ पुग्ने टोलीको टुंगो लागेको छ । जनकपुर बोल्टससँगै, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स प्लेअफमा प्रवेश गरेका छन् ।