ला लिगामा बार्सिलोनाको चौथो हार

एजेन्सी । स्पेनिस लिग ला लिगामा क्याटलान क्लब बार्सिलोनाले चौथो हार बेहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना लेगानेससँग १-० गोलले स्तब्ध बनेको हो ।

इस्टाडी ओलम्पिक लुइस कम्पानिसमा भएको खेलमा लेगानेसको लागि सेर्जियो गोन्जालेजले निर्णायक गोल गरे । खेलको चौथो मिनेटमा गोन्जालेजले गोल गर्दै पाहुना टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा लेगानेस १-० गोलले विजयी भएको हो ।

जितसँगै लेगानेस १७ खेलबाट १८ अंक जोड्दै तालिकाको १५ औं स्थानमा उक्लिएको छ । यता हारका बाबजुत बार्सिलोना १८ खेलबाट ३८ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *