घरको पाँचतला माथिबाट खस्दा मजदुरको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–२ कालोपाटीमा पाँचतले पक्की घरको बाहिरी इँटाको गारो लगाउने क्रममा खसेर आइतबार एक मजदुरको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय डम्बर मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीका अनुसार स्थानीयवासी सुनिल थिमिको निर्माण भइरहेको घरको गारो लगाउने क्रममा पाँचतला माथिबाट खसेर भुइँतलामा बजारिँदा गम्भीर घाइते मगरको डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका लागि लगिएकामा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *