वर्तमान सरकार पूर्ण अवधिकोः परराष्ट्रमन्त्री ज्ञवाली

विराटनगर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार पूर्ण अवधिको भएकाले पहिले जसरी काम गर्ने बताएका छन् ।

नेपाल वुद्धिजीवी परिषद् मोरङद्वारा शनिबार विराटनगरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा हाम्रो भूमिका’ विषयक छलफल कार्यक्रममा उनले निर्वाचन आयोगले चुनावको कार्यक्रम सार्वजनिक नगरेसम्म सरकारलाई आचारसंहिता नलाग्ने र सबै कार्य गर्ने स्पष्ट पारे ।

मन्त्री ज्ञवालीले जनता समक्ष नयाँ जनमत लिनका लागि गरिएको संसद् विघटन कार्य लोकतान्त्रिक रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड–नेपाल समूहले बहुमतको नाममा बन्धक बनाएकाले ताजा जनादेश लिन निर्वाचनमा जानु बाध्यता भएको बताए । उनले संसद् विघटन आकस्मिक नभएको चर्चा गर्दै जनताको पक्षमा कार्य गर्न नपाएकाले बाध्यात्मक अवस्थामा संसद् विघटन गर्नुपर्ने अवस्था आएको बताए ।

मन्त्री ज्ञवालीले तोकिएको समयमा निर्वाचन हुने बताउँदै सरकारले जनताका लागि गरेको उपलब्धिलाई घरघरमा पुर्याउन सबैसँग आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *