संविधानमै नभएको धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएको सर्वोच्चका चार पूर्वप्रधानन्यायाधीशको भनाई

काठमाडौं । सर्वोच्च अदालतका चार जना पूर्वप्रधानन्यायाधीशले संविधानमै नभएको धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्तरुपमा विज्ञप्ति जारी गरी संविधानमै नभएको धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएको बताएका हुन् ।

’नेपालको संविधान २०७२ को धारा ७६ मा मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजनको लागि बाहेकको कुनै अवस्थामा पनि प्रतिनिधिसभा विघटन गर्ने अधिकार एवं व्यवस्था नगरिएको अवस्थामा पनि आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधिसभा विघटन गरिएको छ ’ विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *