काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको सर्वत्र विरोध भइरहेको छ । प्रतिनिधिसभा विघटनपछि नेकपा विभाजित भएको छ । नेकपाको प्रचण्ड-नेपाल समूह र केपी ओली समूह दुई पक्षमा विभाजित भएका छन् ।
ओली समूह संविधान अनुसार प्रतिनिधिसभा विघटन गरिएको दाबी गर्छ भने नेकपाको प्रचण्ड-नेपाल समूह तथा विपक्षी दल र नागरिक समाजले प्रधानमन्त्रीको कदम असंवैधानिक कदम भन्दै त्यसको विरोध गरिरहेका छन् ।
तर संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ भने यस विषयमा मौन रहेका छन् । नेम्वाङले यसअघि काभ्रेको धुलिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले संसद विघटन गर्ने प्रावधान संविधानमा नराखेकाले अब प्रधानमन्त्रीले सनकका भरमा संसद विघटन गर्न नसक्ने बताएका थिए ।
हेरौं भिडियो
संविधानमा यस्तो प्रष्ट व्यवस्था हुँदा हुँदै पनि ओली निकट मानिएका नेम्वाङ अहिले भने किन मौन छन् ?