ऋषि कट्टेल ।
नेपालको कम्युनिष्ट आन्दोलन २०२५ सालतिर जस्तै वैचारिकरुपमा दुई कित्तामा विभाजन हुदैछ । पहिलो संसदवादी अर्थात् विसर्जनवादी कित्ता र दोस्रो क्रान्तिकारी माक्र्सवादी लेनिनवादी कित्ता ।२०१९को तेस्रो माहाधिवेशनले राष्ट्यि प्रजातन्त्र(नेशनल डेमोक्रेसी ) को कार्यक्रममार्फत समजवादको शान्तिपूर्ण संसदवादी बाटो अर्थात् विर्सजनको बाटो अंगालेपछि २०२५ सालमा क. तेस्रो माहाधिवेशनवाट विद्रोह गरेर माक्र्सवाद लेनिनवाद माओ विचारधाराको मार्गदर्शनमा नयाँ जनवादी क्रान्तिको कार्यक्रमका साथ नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन गर्नुभयो ।
बिभिन्न कार्यक्रम र उतारचढावका साथ २०४६ सम्म आइपुग्दा यो आन्दोलन निरंकुश राजतन्त्र र यसले नेतृत्व गरेको निर्दलीय पंचायतको अन्त्यको निम्ति संयुक्त आन्दोलनको कार्यनीतिक प्रश्नमा वामहरुबीच सहमति भयो । स्मरणीय छ यसबेलासम्म आइपुग्दा विर्सजनवादीहरु करिव पराजित भइसकेका थिए ।
२०४६ पछि फेरि मदनभण्डारीले त्यही राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमलाई डेन्टिङ पेन्टिङ गरेर वहुदलीय जनवाद नामको विसर्जनवादी कार्यक्रम अगाडी सारे । संख्यात्मक रुपमा सानै भएपनि नयाजनवादी क्रान्तिका पक्षधरहरुले विद्रोह गरे भने अर्को कोणबाट माओवादीले सशस्त्र विद्रोहनै सुरु गर्यो । यसैबीच फेरि राजाले ओभरटेक गर्यो । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको कार्यनीतिक प्रश्नमा निम्ति फेरि संयुक्त आन्दोलन भयो । विसर्जनवादी र क्रान्तिकारीहरु समेत एकैठाउँमा उभिए । स्मरणीय छ यसबेला विसर्जनवादी समेत सशक्त थिए ।
६४ पछि वहुदलीय जनवादी नामको विसर्जनवाद र समाजवादी कार्यक्रम नामको छदम् विसर्जनवाद एकैठाउँमा उभिए र दुवै संसदवादमा पतन भए । देशको कम्युनिष्ट आन्दोलनको बलिया भनिएकाहरु विसर्जनवाद अर्थात् संसदमा पतन भएपछि फेरि २०२५ को गोरखपुर सम्मेलनको वैचारिक जगमा टेकेर यसलाई प्रवद्र्धन गर्दै नेपाल कम्युनिष्ट आन्दोलनको दोस्रो पुनर्गठनको आवश्यकता पर्यो । नेपाल कम्युनिष्ट पार्टीको गठन विसर्जजनवादविरुद्धको उपज हो ।
