भालुको आक्रमणमा पारी दुई घाईते

डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटी अनुसार भालुको आक्रमणमा परी गम्भीर घाइते हुनेमा ८४ वर्षीय रामबहादुर खड्का र उनकी पाँच वर्षीया नातिनी सरस्वती खड्का रहेका छन्।

बिहीबार साँझ खेतबारीको काम सकेर घर फर्किँदै गर्दा घरनजिकै उनीहरुलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *