प्यालेस्टाइनी जनताको पक्षमा

लेखनाथ न्यौपाने ।
भूमध्य सागरको पूर्वी किनारको क्षेत्र (आजको सिरिया, जोर्डन, लेबनान, इजिप्टको साइनाइ) मा आजभन्दा ६५०० वर्ष पहिलेदेखि प्यालेस्टाइनी जनता बसोबास गर्दै आएको विश्वास गरिन्छ । पहिलो विश्वयुद्धको समाप्तिसँगै राष्ट्रसंघको स्वीकृतिमा जोर्डन नदीको पश्चिम क्षेत्रलाई बेलायतले आफ्नो मातहतमा राख्यो । सन् १९३६ सम्ममा बढ्दो यहुदीहरुको आप्रवासले प्यालेस्टाइनी भूमिमा प्यालेस्टाइनी र अरब जनताले विरोध जनाउँदै आन्दोलन गर्न थाले । तर आन्दोलनलाई बेलायती सेना र यहुदीहरुले निर्ममतापुर्वक दबाउँदै गए । त्यतिबेला बेलायत र यहुदीहरुले १० प्रतिशतसम्म प्यालेस्टाइनी पुरुषहरुको हत्या गरेका थिए भनिन्छ ।

दोस्रो विश्वयुद्धमा यहुदी जातिलाई नष्ट गर्ने हिटलरको नीति र आक्रमणको कारण यस क्षेत्रमा यहुदीहरुको बसोबास ह्वात्तै बढ्यो । प्यालेस्टाइनी भूमिमा बेलायतको नीतिले अरबी जनतालाई सन्तुष्ट पार्न नसकेपछि बेलायतले षड्यन्त्रपूर्वक ढंगले यसको व्यवस्थापन गर्ने जिम्मा संयुक्त राष्ट्रसंघलाई दियो । राष्ट्रसंघले प्रस्तावना १८१ पास गरी उक्त प्यालेस्टाइनी भूमिलाई अरब र प्यालेस्टाइन गरि दुई टुक्रामा विभाजन गर्याे र सन् १९४८ मे १४ मा एक नयाँ देश इजरायल घोषणा गर्याे ।

यो नीति र निर्णय अरबी जनताको लागि अपमान र पीडाको बिषय बन्यो । अरबी जनताले यसलाई अस्वीकार गरेपछि अरबी देशहरु र इजरायलबीच युद्ध भयो । अमेरिका र बेलायतको सहयोग पाएको इजरायलले युद्ध जित्यो र सन् १९४९ मा युद्ध टुङ्गियो । यो घटनाले अरबी देशहरुले अपमानको बिख पिउन बाध्य भएको अर्थमा बुझे । त्यो युद्धले ७,५०,००० लाख प्यालेस्टाइनी जनतालाई सो क्षेत्रबाट विस्थापित गरि शरणार्थी बन्न पठाइयो । युद्ध समापनसँगै प्यालेस्टाइनी भू–भागलाई तीन खण्डमा विभाजन गरियो । इजरायल, गाजा र पश्चिम किनार क्षेत्र । गाजालाई इजिप्टको अधिनमा राखियो र पश्चिम किनार क्षेत्र जोर्डनको अधिनमा । यसरी सो क्षेत्रका रैथाने प्यालेस्टाइनी जनतालाई राज्यबिहीन शरणार्थी बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *