आक्रमणमा नस्रल्लाहका उत्तराधिकारी हाशेम सफीद्दिनको मृत्यु भएको इजरायलको दाबी

तेल अवीव । इजरायली सेना (आइडिएफ) ले यस महिनाको सुरुमा बेरुतमा भएको इजरायली हवाई आक्रमणमा हेजबुल्लाहका अधिकारी हाशेम सफीद्दिनको मृत्यु भएको दाबी गरेको छ ।

हिज्बुल्लाहको कार्यकारी परिषद्का प्रमुख तथा हसन नस्राल्लाहको उत्तराधिकारीसमेत मानिएका सफीद्दिनको सेप्टेम्बरकै आक्रमणमा मृत्यु भएको द टाइम्स अफ इजरायलले जनाएको छ । आइडिएफका अनुसार हाशेम हसन नस्रल्लाहका भाइ थिए ।

इजरायली सेनाका अनुसार अक्टोबर–४ मा भएको आक्रमणमा हिजबुल्लाहको गुप्तचर मुख्यालयका कमान्डर हुसेन अली हाजिमासँगै सफीद्दिनको मृत्यु भएको थियो ।

सेनाले लेबनान आक्रमणले बेरुतमा रहेको हेजबुल्लाहको भूमिगत गुप्तचर मुख्यालयलाई लक्षित गरेको जनाएको छ ।

आक्रमणको समयमा शीर्ष कमाण्डरसहित हिजबुल्लाहको गुप्तचर डिभिजनका २५ जनाभन्दा बढी सदस्यहरू मुख्यालयमा रहेको आईडीएफलाई उदृत गर्दै द टाइम्स अफ इजरायलले जनाएको छ ।

आक्रमण पछि सफीद्दिन सम्पर्क विहिन रहेको उल्लेख गर्दै आइडिएफले बुधबार सफीद्दिनको मृत्युको पुष्टि गरेको हो यद्देपी हिजबुल्लाहले भने अहिलेसम्म उनको मृत्युको पुष्टि गर्ने कुनै तथ्य जारी गरेको छैन ।

सामाजिक सञ्जाल एक्समामार्फत आईडीएफले हिजबुल्लाह कार्यकारी परिषद्का प्रमुख हाशेम सफीद्दीन र हेजबुल्लाहको गुप्तचर मुख्यालयका कमान्डर अली हुसेन हाजिमाको दहिहमा हिजबुल्लाहको मुख्यालयमा गरेको आक्रमणमा मृत्यु भएको जनाएको छ ।

हाशेम हेजबुल्लाहका पूर्व नेता हसन नस्रल्लाहका भाई तथा हिजबुल्लाहका प्रमुख निर्णय कर्ता थिए । नस्रल्लाहको अनुपस्थितीमा हाशेमले हिजजबुल्लाहको महासचिवको रूपमा काम गरेका थिए ।

यस अघि सेप्टेम्बर –२८ मा आइडिएफले बेरुतमा इजरायली सेनाले गरेको आक्रमणमा हसन नस्रल्लाहको हत्या भएको पुष्टि गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *