छविलाल जोशीसँग रुपन्देहीमा बयान लिइँदै गर्दा बाहिर सहकारी पीडितको प्रदर्शन

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशीसँग भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिइरहँदा बाहिर सहकारी पीडितहरुले प्रदर्शन गरेका छन् ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरूले मंगलबार अदालतअगाडि विरोध प्रदर्शन गरेका हुन् । सुप्रिमपीडित संघर्ष समितिमार्फत विरोध प्रदर्शन गरिएको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा जोशीसँग भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा बयान भइरहेको छ । उनीहरूले सुप्रिमको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका अध्यक्ष जीबीलाई राजनीतिक संरक्षणमा भगाइएको आरोपसमेत लगाएका छन् ।

त्यस्तै उनीहरूले रवि लामिछाने, छविलाल जोशी र जीबी राईलाई राजनीतिक संरक्षण भएको समेत आरोप लगाएका छन् । ६ असोजमा पक्राउ परेका जोशीलाई सोमबार बयनका लागि पोखराबाट रुपन्देही ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *