‘लाख दिनेले करोड, करोड दिनेले अर्ब फिर्ता गर्ने सोच राखेकै हुन्छ’

काठमाडौं । नेकपा एमालेले पार्टी नीति विपरित अभिव्यक्ति दिएको भन्दै तीन नेतामाथि स्पष्टीकरण सोध्ने निर्णय गर्यो । आइतबार बसेको सचिवालय बैठकले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गर्यो ।

पार्टीले स्पष्टीकरण सोध्ने निर्णयको खबर बाहिरिएपछि नेतृ तिम्सिनाले गौतम बुद्धको भनाई उदृत गर्दै सामाजिक संजालमा लेखकी छन्, ‘एक्लै भएपनि सत्यको पक्षमा उभिनु पर्छ ।’

त्यसपछि अर्की नेतृ पाण्डेले नख्खु जेल ब्रेकका एक अगुवा माधव पौडेलको भूमिगतकालीन जीवनमा घटेको घटनाको प्रसंग उदृत गर्दै सामाजिक संजालमा प्रस्तुत गरेकी छन् ।

व्यापारी मीनबहादुर गुरुङले दानस्वरूप दिएको जग्गा तथा रकमबाट पार्टी केन्द्रीय कार्यालय बनाउने निर्णयको पाण्डे र तिम्सिनाले आलोचना गरेका थिए ।

पाण्डेले यस्तो लेखेकी थिइन्, ‘साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो । तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गÞलत हो । दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्विकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ ।समय घर्की सकेको छैन । मनमोहन र मदनहरुले उचो बनाएको पार्टीको इतिहास, वर्तमानमा वाचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततीका लागि एमालेको गौरव जोगाउने हो भने यो गÞलत निर्णय सच्याउनै पर्छ । समयमै सोचौं ।’

यसरी जग्गा दान लिने निर्णयको विरोध गरेपछि पाण्डेसहित तिम्सिना र रावलमाथि पार्टीले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । नेतृ पाण्डेले पार्टी निर्णयपछि नख्खु जेल ब्रेकका एक अगुवा माधव पौडेलको भूमिगतकालीन जीवनसँग जोडेर यसरी प्रस्तुत गरेकी छन्ः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *