म्यान्मामा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ वेपत्ता

म्यान्मा । म्यान्माको दक्षिणी तटमा अन्डमान सागरमा करिब ३० जना बोकेको डुङ्गा डुबेपछि ११ जनाको शब फेला पारिएको छ ।

उद्धारका लागि खटिएका उद्धारकर्ताहरूले एघार वटा मृत शरीर पानीबाट बाहिर निकालेका छन् भने बाँकी वेपत्ता रहेको स्थानीय बासिन्दा बताउँछन् ।

दक्षिणी तानिन्थारी क्षेत्रको क्याउक कर गाउँका एकजना भिक्षुले नाम नबताउने सर्तमा भने “हामीले आइतबार राति १० वटा र सोमबार बिहान एउटा शवलाई पानीबाट बाहिर निकालेका छौँ।” भिक्षुका अनुसार डुङ्गामा अधिकांश विद्यार्थीहरू थिए उनीहरु दुई हप्ताको बिदापछि गाउँबाट म्येइक सहर फर्किरहेका थिए ।

“डुङ्गा अत्यधिक भारमा कारण डुबेको जनाइएको छ । स्थानीयहरूले मृत शरीरको पहिचान गरी दाहसंस्कार गरिसकेका छन् भने स्थानीय तथा उद्धार टोलीहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।

म्यान्मामा समुद्र तट र नदीहरूमा डुङ्गालाई आवतजावतका लागि यातायातको साधनको रूपमा प्रयोग गर्ने गरिन्छ । डुङ्गा दुर्घटनाका कारण म्यान्मामा असामहिक मृत्यु हुने जोखिम पछिल्लो समय बढेको देखिन्छ । समुद्रमा हुने यस्ता दुर्घटनामा पर्नेहरूको विरलै रूपमा सकुशल उद्धार हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *