न्युजिल्याण्डलाई पहिलोपटक महिला टी-२० विश्वकपको उपाधि

एजेन्सी । आईसीसी महिला टी-२० विश्वकपको उपाधि न्युजिल्यान्डले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले पहिलोपटक विश्वकपको उपाधि जितेको हो ।

जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरको समाप्तिमा ९ विकेटको क्षतिमा १ सय २६ रनमात्र बनाउन सक्यो । न्युजिल्यान्डको लागि लौरा वोल्भार्टले सर्वाधिक ३३ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् ।

बलिङतर्फ रोसमेरी मायर र अमेलिया केरले समान तीन/तीन विकेट लिंदा एडन कार्सोन, फ्रान जोनास र ब्रोके हालिडेले समान एक/एक विकेट लिए ।

यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो । न्युजिल्यान्डको लागि अमेलिया केरले ४३, ब्रोक हालिडेले ३८ र सुजि बाटेसले ३२ रन बनाइन् ।

दक्षिण अफ्रिकाको लागि नोंकलुलेको म्लाबाले दुई विकेट लिँदा अयाबोंगा खाका, च्लोए ट्र्योन र नाडिने डे क्लेर्कले समान एक/एक विकेट लिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *