बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ नियुक्त

हेटौँडा । बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आइतबार श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा १ बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा ४ बमोजिम अध्यक्ष पदमा नियुक्त गरेका हुन् ।

त्रिवेणी गाउँपालिका–१ नवलपरासी निवासी श्रेष्ठ लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदमा कार्यरत थिए । पटक–पटक सरकार परिवर्तन र सत्तारुढ दलबीच सहमति हुन नसक्दा सात महिनादेखि आयोगको अध्यक्ष नियुक्ति रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *