पहिलो तीन ओभरमै नेपाललाई दुई सफलता, दबाबमा अमेरिका

काठमाडौं । टी-२० सिरिज अन्तर्गत अमेरिकाविरुद्ध जारी पहिलो खेलमा नेपालले शानदार शुरुवात गरेको छ । ग्राण्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालले पहिलो तीन ओभरमै दुई विकेट लिँदै घरेलु टोलीलाई दबाबमा राखेको हो ।

जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ताजा अवस्थामा तीन ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा १० रन जोडेको छ । हाल एन्द्रेस गौस र एरोन जोन्स समान एक/एक रन बनाउँदै क्रिजमा छन् ।

नेपालको लागि रिजन ढकाल र करण केसीले समान एक/एक विकेट लिएका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको हो । अन्तिम दुई ओभरमा सम्हालिन नसक्दा नेपाल विजयी लक्ष्य बढाउन असफल भएको हो । नेपालको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । उनले ३३ बलमा ४ चौका र एक छक्का प्रहार गरे ।

यस्तै दीपेन्द्र सिंह एरीले २८, आसिफ शेख र अनिल कुमार शाहले २७/२७ तथा गुलसन झाले ११ र कुशल भुर्तेलले १० रन बनाए ।

अमेरिकाको लागि सौरभ नेत्रभाल्कर, जस्दिप सिंह र हर्मित सिंहले समान दुई/दुई विकेट लिँदा अलि खान र नोस्थुश केन्जिगेले एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *