नेपालको दुवै ओपनर पभिलियनमा

काठमाडौं । टी-२० सिरिज अन्तर्गत अमेरिकाविरुद्ध जारी पहिलो खेलमा नेपालले दुवै ओपनर गुमाएको छ । ग्राण्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालले शुरुवाती १० ओभर भित्रै दुवै ओपनरलाई गुमाएको हो ।

ताजा अवस्थामा नेपाल १० ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ७५ रन बनाएको छ । हाल कुशल भुर्तेल १० र रोहित पौडेल ३ रन बनाउँदै क्रिजमा छन् । यसअघि दुवै ओपनर अनिल शाह र आसिफ शेख समान २७/२७ रन बनाउँदै आउट भएका हुन् ।

नेपालको प्लेइङ: ११- आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, रोहित पौडेल(कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह एरी, गुलसन झा, करण केसी, सोमपाल कामी, रिजन ढकाल, सागर ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *