नेपालले गुमायो पहिलो विकेट

काठमाडौं । टी-२० सिरिज अन्तर्गत जारी पहिलो खेलमा नेपालले घरेलु टोली अमेरिकाविरुद्ध सुखद शुरुवात गरेको छ । ग्राण्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालले पहिलो पावर प्लेको समाप्तिमा एक विकेटको क्षतिमा ५० रन जोडेको हो ।

हाल आसिफ शेख १४ र कुशल भुर्तेल २ रन बनाउँदै क्रिजमा छन् । यसअघि ओपनर अनिल शाह २७ रन बनाउँदै एलबिडब्लु आउट भएका हुन् । उनले १८ बलमा २ चौका र एक छक्का हिर्काएका हुन् ।

नेपालको प्लेइङ: ११- आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, रोहित पौडेल(कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह एरी, गुलसन झा, करण केसी, सोमपाल कामी, रिजन ढकाल, सागर ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *