नेपाली राष्ट्रिय क्रिकेट टोलीको मेन्टरमा पुबुदु दासानायके नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाली टोलीको मेन्टरको रुपमा नियुक्त भएका छन् । आईसीसी विश्वकप लिग-२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिजको अवधिको लागि पुबुदुलाई मेन्टरको रुपमा नित्युक्त गरेको नेपाल क्रिकेट संघ(क्यान)ले विज्ञप्ति जारी गर्दै जानकारी हो ।

नेपालले २५ नोभेम्बरदेखि ४ डिसेम्बरसम्म अमेरिकामा घरेलु टोली अमेरिका र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिज खेल्दैछ ।

नेपालले पहिलो खेल २७ अक्टोबरमा अमेरिका, २९ अक्टोबर स्कटल्याण्ड, २ नोभेम्बरमा अमेरिका र ४ नोभेम्बर स्कटल्याण्डसँग खेल्नेछ । हाल नेपाल ८ खेलबाट ३ अंक जोड्दै लिगको सातौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *