हिजबुल्लाहका वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको इजरायली दाबी

जेरुसेलम ।  इजरायलले हिजबुल्लाहका एक वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको दाबी गरेको छ । इजरायली रक्षा बलले हिजबुल्लाहको युनिट १२७ लाई नष्ट गर्ने बताएको केही घण्टापछि युएभी कमान्डरको मृत्यु भएको हो । युएभी एकाईले हिजबुल्लाह समूहको मानवरहित विमानको अनुगमन गर्दछ ।

मृतक हिजबुल्लाह कमान्डरलाई खादर अल–अबेद बाहजाका रूपमा पहिचान गरिएको थियो, जसले लिटानी नदीको उत्तरमा हिजबुल्लाहको एरियल युनिटको गतिविधि हेर्ने जिम्मेवारी तोकिएको थियो ।

इजरायलद्वारा दिइएको जानकारीमा बाहजाको हत्या कहाँ र कहिले भएको थियो भन्नेबारे स्पष्ट उल्लेख गरिएको छैन ।

‘बाहजाको कमान्डमा इजरायली नागरिक र सेना विरुद्धको हवाई आक्रमण यूएभी, निगरानी विमान र विस्फोटक विमानको प्रयोग गरेर गरिएको सेनाले जनाएको छ ।

इजरायली सैन्य अधिकारीहरूले आइतबार राति मध्य बिन्यामिन क्षेत्रमा रहेको सेनाको आधारको भोजन कक्षमा ड्रोन प्रहार गर्दा चार सैनिक मारिनुका साथै करिब ६० जना घाइते भएको बताएका छन् ।

सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणपछि, इरान समर्थित हिजबुल्लाहले उत्तरी इजरायली समुदायहरूमा दैनिक रकेट फायर र ड्रोन प्रक्षेपण गर्न थालेको थियो ।

सेप्टेम्बर २९ मा सरकारले जारी गरेको तथ्यांकअनुसार उत्तरी इजरायलका ६८ हजारभन्दा बढी बासिन्दाहरू विस्थापित भएका छन् । हिजबुल्लाह नेताहरूले इजरायलीलाई उनीहरूको घर फर्कनबाट रोक्न आक्रमणहरू जारी राख्ने बारम्बार बताउँदै आएका छन् ।

सन् २००६ को दोस्रो लेबनान युद्धको अन्त्य गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव १७०१ अनुसार हिजबुल्लाह समूहलाई लिटानी नदीको दक्षिण वा दक्षिणी लेबनानमा उसका गतिविधि सञ्चालन गर्न निषेध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *