पाकिस्तानलाई हराउँदै न्युजिल्यान्ड टी-२० विश्वकपको सेमिफाइनलमा, भारत बाहिरियो

एजेन्सी । न्युजिल्यान्ड आईसीसी महिला टी-२० विश्वकपको सेमिफाइनलमा  पुगेको छ । सोमबार राति भएको समूहचरणको खेलमा पाकिस्तानलाई ५४ रनले हराउँदै न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ११.४ ओभरमा अलआउट हुँदै ५६ रनमा समेटिएको हो ।

यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १० रन बनाएको थियो ।

जितसँगै न्युजिल्यान्ड ४ खेलबाट ६ अंक जोड्दै समूह ‘ए’को दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुग्दा समान खेलबाट दुई अंक जोडेको पाकिस्तान चौथो स्थानमा रह्यो । समान खेलबाट ४ अंक जोडेको भारत तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *