काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा अन्तर्गत केहिबेरमा ओमानविरुद्ध हुने खेलमा नेपालले टस हारेको छ । किंङ सिटीमा हुने खेलमा ओमानले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । ओमानविरुद्धको पहिलो खेलबाट सोमपाल कामीको स्थानमा गुलसन झा टोलीमा फर्किएका छन् ।
नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, अनिल कुमार शाह, देभ खनाल, रोहित पौडेल(कप्तान), कुशल मल्ल. दीपेन्द्र सिंह एरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, रिजन ढकाल