काठमाडौं । नेपाल एएफसी यू–२० एसियन कप छनोटबाट बाहिरिएको छ । शुक्रबार दिउँसो भएको समूहचरणको आफ्नो अन्तिम खेलमा बहराइनसँग ४–० ले पराजित भएसँगै नेपालको एसियन कप खेल्ने सपना सकिएको हो ।
चाइनिज ताइपेईमा भएको खेलमा बहराइनलाई जित दिलाउन समी बसम अवादीले दुई गोल गर्दा खलिद अल्खलाफ र अलि अहमेद हसनले समान एक/एक गोल थपे ।
पहिलो हाफको २३औँ मिनेटमा अवादीले गोल गर्दै बहराइनलाई शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा अल्खलाफले गोल गर्दै बहराइनको अग्रता दोब्बर बनाए । ७३औँ मिनेटमा अवादीले व्यक्तिगत दोस्रो गोल गर्दै बहराइनलाई सहज जिततर्फ अगाडि बढाए ।
यस्तै ८४औँ मिनेटमा हसनले गोल गर्दै बहराइनलाई ४-० गोलको जित दिलाएका हुन् । नेपालले प्रतियोगिताको तीन खेलबाट मात्र ३ अंक जोड्न सकेको हो ।
