‘रोड टु ल्हासा’को साहसिक पर्यटक टोली काठमाडौंमा, नेपाली राष्ट्रिय झण्डा फहराएर गरियो बिदाइ

काठमाडौं । साहसिक पर्यटनलाई प्रर्वद्धन गर्ने उद्देश्यले भारतीय कम्पनी एडभेन्चर ओभरल्याण्डले आयोजना गरेको ‘रोड टु ल्हासा’को टोली काठमाडौं आइपुगेको छ । १० वटा गाडीमा चार जना महिलासहित २० जनाको यो समूहले भारत, नेपाल र चीन गरी तीन देशको यात्रा तय गर्ने छ ।

सडकमार्गबाट विश्वका विभिन्न देशको साहसिक यात्रा गराउने कम्पनी एडभेन्चर ओभरल्याण्डको २० जनाको टोली भारतको गोरखपुर हुँदै लुम्बिनी र लुम्बिनीबाट काठमामाडौं आइपुगेको हो ।

काठमाडौं आएको टोलीलाई शुक्रबार मेरियट होटलबाट नेपाली राष्ट्रिय झण्डा फहराएर बिदाइ गरिएको छ । त्यसअवसरमा पर्यटकहरुलाई शुभकामना व्यक्त गर्दै नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले साहसिक पर्यटन प्रर्वद्धनका लागि रोड टु ल्हासा यात्रा सहयोगी हुने बताए ।

उनले नेपाल संस्कति प्रकृति र साहसिक पर्यटनको केन्द्र भएको उल्लेख गर्दै आयोजकलाई नेपाल केन्द्रित साहसिक यात्राका अन्य संस्करण आयोजन आग्रह आग्रह गरे ।

आयोजक कम्पनी एडभेन्चर ओभरल्याण्डका सञ्चालक तथा निर्देशक सञ्जय मदानले नेपाललाई समेटेर यो साहसिक यात्रा तय गर्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै आफ्नो टोलीले गौतमबुद्ध जन्मस्थल लुम्बिनी  काठमाण्डौ आइपुग्दा छुट्टै आन्नदको महसुश गरेको प्रतिक्रिया दिए ।

गोरखपुरबाट लुम्बिनी हुँदै काठमाडौं आइपुगेको टोलीमा १० वटा गाडीमा २० जना साहसिक पर्यटकहरु रहेका छन् । काठमाडौंबाट रसुवा (केरुङ), हँदै यो टोलीले तिब्बत र चीनका विभिन्न स्थान हुँदै ल्हासा पुग्ने र त्यहाँबाट  पुनः नेपाल फर्किने छ । यो यात्रा तय गर्न २२ दिन लाग्ने ओभरल्याण्डका सञ्चालक तथा निर्देशक मदानले जानकारी दिए ।

२२ दिनको यो यात्रामा टोलीले ३ हजार ५ सय किलोमिटरको यात्रा गर्ने यात्रामा सहभागी आदित्य बोथराले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *