प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूतमाथि सुनुवाइ समितिद्वारा उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश र राजदूतहरूमाथि उजुरी आह्वान गरेको छ । शुक्रबार सूचना प्रकाशित गर्दै समितिले १० दिनभित्र उजुरी दिन आह्वान गरेको हो ।

संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई सिफारिस गरेको छ भने बेल्जियमको राजदूतमा सेवा लम्साल र अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *