रोहितको अर्धसतक पूरा, खेलमा फर्कदै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानविरुद्ध जारी खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धसतक पूरा गरेका छन् । माप्ले लिफ नर्थ वेस्ट मैदानमा जारी खेलमा रोहितले एकदिवसीय करियरको दसौं अर्धसतक पूरा गरेका हुन् ।

रोहितले ६४ बलमा अर्धसतक पूरा गरेका हुन् । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ताजा अवस्थामा ३९ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा १ सय ३३ रन जोडेको छ । हाल कप्तान रोहित पौडेल ५८ र गुलसन झा ६ रन बनाउँदै क्रिजमा छन् ।

यसअघि नेपालले ओपनरद्वय आसिफ शेखलाई ११, अर्जुन साउदलाई ५, भीम शार्कीले ११ रन बनाउँदै आउट भएका थिए ।

नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । क्यानडाविरुद्धको पहिलो खेलमा चल्न नसकेका कुशल भुर्तेल, दीपेन्द्र सिंह एरी र कुशल मल्लको स्थानमा अनिल कुमार शाह, आरिफ शेख र अर्जुन साउदले मौका पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *