१२ जना प्रमुख जिल्ला अधिकारीसहित गृहका ३६ कर्मचारीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित ३६ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयको बुधबारको निर्णयअनुसार ९ जना उपसचिव, १२ जना प्रमुख जिल्ला अधिकारीसहित ३६ जनाको सरुवा गरिएको हो ।

रामेछापको प्रमुख जिल्ला अधिकारीमा उपसचिव राजु प्रसाद पौडेल सरुवा भएका छन् भने डोल्पाको प्रजिअमा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई र बाजुरामा मेघनाथ पाध्यालाई सरुवा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *