विप्लवसहितका चार पार्टीबीच रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र अरु तीन साना कम्युनिस्ट पार्टी मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने भएका छन् ।

विप्लव नेतृत्वको नेकपाले ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति गरेको हो । चार पार्टीले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी संयुक्त मोर्चा निर्माण गर्ने जानकारी दिएका हुन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निरङ्कुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताकाविरुद्ध अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहल कदमीका निम्ति हामी ४ पार्टीका बीचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ । यसको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम शीघ्र घोषणा गरिनेछ ।’ वैदेशिक शक्तिको आड, भरोसा र इसारामा ओली सरकारले संसद् विघटन गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *