श्रीलंकामा कोरोनाका कारण मर्नेको अन्त्येष्टि विवाद

कोलम्वो । श्रीलंकामा २० दिने मुश्लिम शिशुको शव जवर्जस्ती जलाउन लगाइएपछि कोभिड १९ संक्रमणको कारण मर्नेहरुको शव जलाउनै पर्ने सरकारको विवादास्पद आदेश सार्वजनिक भएको छ । राजनीतिक समिक्षकहरुले शव जलाउनै पर्ने धारणा बैज्ञानिक र तर्कसंगत नभएको बरु अल्पमत मुस्लिम समुदाय माथि लक्षित रहेको आरोप लगाएका छन् । छ वर्ष लामो प्रतिक्षा पछि १८ नोभेम्वरमा छोरो सायखको जन्म भएकोमा मोहमद फाहिम र उनकी पत्नी फाथिमा साफना निकै खुशी भएका थिए ।
तर तिनीहरुको खुशी लामो समय टिकेन । ७ डिसेम्वरको राति बच्चालाई श्वास फेर्न कठिन हुँदै गयो । तिनीहरुले बच्चालाई राजधानी कालोम्वोकै सबैभन्दा राम्रो बाल अस्पताल लेडी रिड्जवेमा लगे । त्यहाँ बच्चालाई कोरोना संक्रमण भएको बताइयो ।
फाहिम र उनकी पत्नीको पनि स्वास्थ परीक्षण गरियो । तर रिपोर्ट नेगेटिभ आयो । दुध पिलाउने आमाको नेगेटिभ तर बच्चाको मात्र कसरी भाइरस पोजिटिभ भयो भनेर तिनीहरुले आश्चर्य प्रकट गरे ।
बच्चालाई थप परीक्षणको जरुरी छ भन्दै अस्पतलामै राखियो । उनीहरुलाई भने घर फर्काइयो । तर भोलिपल्ट बच्चाको कोभिडको कारण मृत्यु भयो भन्दै उनीहरुलाई शव दिइयो । त्यसपछि डाक्टरहरुले तिनीहरुलाई श्रीलंकाका प्रचलित कानुन बमोजिम शव जलाउने कागजातमा हस्ताक्षर गर्न भनियो । तर उनीहरुले मुस्लिम धर्म विरुद्ध अन्त्येष्टि नगर्ने भन्दै शव बुझ्न अस्विकार गरे ।
ती जोडिले मात्र होइन श्रीलंकामा अन्य मुस्लिमहरुले पनि अस्पतालमा मरेका आफन्तका शव बुझ्न मानिरहेका छैनन् । फलस्वरुप सरकारी खर्चमा शव जलाउने काम भइरहेको छ ।
तर विश्व स्वास्थ संगठन ( डब्ल्युएचओ ) कै सहमतिमा विश्वका अन्य १ सय ९० वटा मुलुकमा शव गाड्ने अनुमति दिइएका छन् । मुस्लिम समदायको प्रतिनिधित्व गर्ने धार्मिक , राजनीतिक र सामुदायिक नेताहरुले पटक पटक सरकारसंग यस विषयमा अनुरोध गरिसकेका छन् । यसबारेको मुद्धा सर्वोच्च अदालत सम्म पुगिसकेको छ ।
शव गाड्दा जमिनमुनिको पानी संक्रमित र प्रदुषित हुने सरकारको दावी रहेको छ । विश्व प्रसिद्ध भाइरोलोजिस्ट प्राध्यापक मलिक पेइरिसले भने कोभिड १९ पानीबाट नसर्ने दावी गरेका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *