बेइजिङ । लियोलिङ प्रान्तको काइगुयोन सहरमा चक्कु आक्रमणमा कम्तिमा सातजनाको मृत्यु भएको छ । अन्धाधुन्ध चक्कु आक्रमणमा अन्य सातजना घाइते भएको स्थानीय संचार माध्यमले जनाएको छ । काइगुयोन नामक सानो शहरमा यक्त घटना भएको हो ।
प्रहरीले आरोपित आक्रमणकारीलाई पक्राउ गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । तर आक्रमणको कारण भने अहिले सम्म खुलेको छैन ।आक्रमणकारीले अन्धाधुन्ध रुपमा मानिहरुमाथि चक्कु प्रहार गरेका थिए ।
चीनमा हिंसात्मक अपराधहरु दुर्लभ भए पनि पछिल्ला वर्षहरुमा चक्कु आक्रमणका घटना बढ्दै गएका छन् ।
