सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट शुक्रबार दिउँसो भीषण बाढी आएको छ । बाढीले थामे गाउँ तहसनहस बनेको छ ।
बाढीले एक होटल र एक दर्जन घरमा क्षति पुर्याएको छ । दुधकोशी नदीको सहायक खोलामा आएको बाढीका कारण दुधकोशी नदी रबुवाबजार जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

