विश्वका अर्बपतिहरु पनि कोभिडको मारमा, जेफ बेजोस सबैभन्दा धनी

वासिङ्गटन । विश्वका अति धनाढ्य व्यक्तिहरु पनि कोरोना भाइरसबाट अछुतो रहेनन् । युरोप, अमेरिका र विश्व बजार यो विश्व महामारीको कडा चपेटा परेसँगै धेरैको भाग्य उथलपुथल भएको छ । यस वर्षको मार्चसम्ममा विश्वका अतिधनाढ्यहरुको सूची तयार पार्दा फोब्र्सले २ हजार ९५ अर्बपतिको गणना गर्यो । यो गतवर्षको तुलानामा ५८ जना र त्यसको १२ अघिको तुलनामा २२६ जना कम हो । केही अर्बपतिहरु गतवर्षको तुलनामा ५१ प्रतिशतले गरिब भए । सन् २०१९ को कुल सम्पतिको तुलनामा विश्वकै अर्बपतिहरुको सम्पतिमा ७ खर्ब डलरले घटेर ८० खर्बमा पुगेको छ ।

जेफ बेजोस आफ्नी पूर्वपत्नी म्याकेन्जी बेजोसलाई सम्बन्ध विच्छेदका क्रममा सम्पति बाँडफाँटका क्रममा आफ्नो अमेजोन कम्पनीको ३६ अर्ब डलर बराबरको सेयर सुम्पेर पनि लगातार तेस्रो वर्ष विश्वकै सबैभन्दा धनी बन्न सफल भए । फोब्र्सको सन् २०१९ को सूचीमा अमेजनको सेयरमा १ खर्ब १३ अर्ब डलरमा संकुचन आएको उनको सम्पत्तिमा १५ प्रतिशतले बृद्धि भएको हो । उनको कुल सम्पत्ति १ खर्ब ८० अर्ब डलर नाघेको छ ।

धनाढ्यहरुको सूचीमा दोस्रो स्थानमा रहेका माइक्रोसफ्ट कम्पनीको मालिक बिल गेट्सको १ खर्ब ११ अर्ब डलर कुल सम्पति रहेको छ ।
अमेरिकाका ४ सय अर्बपतिहरुको सूचीमा यसबर्ष १८ नयाँ सदस्यले प्रवेश पाएका छन् । गतवर्षको सूचीमा रहेका दुई जनाको मृत्यु भएको छ भने २५ जना यस सूचीबाट बाहिरिएका छन् । ती मध्ये १० जना कोभिड संकटको प्रत्यक्ष मारमा परेका हुन् । ९ जना भने पूर्व अर्बपतिहरु पुनः सूचीमा फर्केका हुन् ।

कोभिड महामारीका कारण विश्वका २ सय ७० धनाढ्य अर्बपति सूचीबाट बाहिरिए । २१ जनाको मृत्यु नै भयो । जुम भिडियो कम्युनिकेसनका संस्थापक तथा सीईओ एरिक युआनलगायत २० राष्ट्रका १ सय ७८ जना नयाँ अर्बपतिले सूचीमा प्रवेश पाए ।

धरै अर्बपति भएको देशमा अमेरिका अझै पनि पहिलो स्थानमै छ । सूचीमा अमेरिकाका ६ सय १४ अर्बपति छन् भने त्यसलाई पछ्याइरहेको चीन(हंगकंग र मकाउ सहित) मा ४ सय ५६ अर्बपति छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *