कम्पाला । युगाण्डाको राजधानी कम्पाला नजिकै अल्बर्ट ला मा डुंगा दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ। युगाण्डा र प्रजातान्त्रिक गणतन्त्र कंगोको सीमा क्षेत्रमा रहेको तालमा डुंगा दुर्घटना भएको हो ।
तीव्र गतिमा चलेको हावाका कारण डुंगा डुबेको स्थानीय अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । दुर्घटनामा परेका कम्तिमा २१ जनालाई उद्धार गरिएको छ ।
कमजोर सुरक्षात्मक व्यवस्था तथा लगातार परिवर्तन भइरहने मौसमका कारण सो तालमा यस्ता खालका दुर्घटना हुने गरेका छन् । बुधबार युगाण्डाका दुई क्षेत्रमा ओहोरदोहोर गर्ने क्रममा दुर्घटना भएको हो ।
