तनहुँमा आयोजित मैत्रीपूर्ण फुटबलमा पत्रकार टिम विजयी

तनहुँ ।  तनहुँमा खेलकुल पत्रकार मञ्च गठन गरिएको छ । भानु नगरपालिका–१ भन्सारमा शनिबार बसेको पत्रकारको भेलाले पत्रकार मदन वाग्लेको अध्यक्षतामा १३ सदस्यीय नेपाल खेलकुद पत्रकार मञ्च तनहुँ गठन गरेको हो । समितिको उपाध्यक्षमा पूर्ण विक, सचिवमा उपेन्द्र खनाल, कोषाध्यक्षमा मिला दरै र सहसचिवमा सुदीप पौडेल रहेका छन् ।

त्यस्तै, समितिको सदस्यमा मनोजकुमार श्रेष्ठ, राजेश कार्की, करिस्मा गुरुङ, हरि खरेल, रामबहादुर धामी, सरेश सेन्चुरी, मिलन तामाङ र डिपी अधिकारीलाई चयन गरिएको छ ।

मैत्रीपूर्ण फुटबलमा पत्रकार टिम विजयी

१७औँ भानुकप फुटबल प्रतियोगिताको पूर्वसन्धयामा आज यहाँ आयोजित मैत्रीपूर्ण फुटबलमा नेपाल पत्रकार महासङ्घ तनहुँ विजयी भएको  छ ।

मैत्रीपूर्ण फुटबलमा महासङ्घ तनहुँले आयोजक भन्सार युवा परिवारलाई ४–३ गोलले पराजित गरेको हो ।
पत्रकारका तर्फबाट सुदीप पौडेल र मनोजकुमार श्रेष्ठले २÷२ गोल गर्नुभएको थियो । आयोजकका तर्फबाट प्रेम तामाङले २ र एलोन तामाङले १ गोल गरेको कार्यक्रम संयोजक विष्णु अधिकारीले बताए । मैत्रीपूर्ण खेलमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीसमेत सहभाभी भएका थिए ।

दुई सय ११औँ भानु जयन्तीका अवसरमा यही साउन १९ गतेदेखि हुने १७औँ भानुकप फुटबल प्रतियोगितालाई लिएर आयोजक र पत्रकारबीच मैत्रीपूर्ण फुटबल गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *