काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी पुष २० गते भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्रीको भारत भ्रमण पुस २० गतेभित्र हुने गरी दुबैतर्फका कूटनीतिक र राजनीतिक संयन्त्र परिचालन भइसकेको परराष्ट्रमन्त्रालयका एक अधिकारीले जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीको भ्रमण तालिकालाई अन्तिम रुप दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली केही दिनपछि नै भारत जाने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीले पार्टीको आन्तरिक कलहलाई साम्य पार्न नसकेपछि केही दिनअघि मात्रै प्रतिनिधिसभा विघटन गरेका थिए । देशको राजनीतिक अवस्था लथालिंग भइरहेको अवस्थामा प्रधानमन्त्री ओलीको भारत भ्रमणको आन्तरिक तयारी शुरु गरिसकिएकाे छ ।
